२८ आश्विन २०८३, बुधबार

ग्यालेक्सी ‘ग्रान्ड निओ’को मूल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samsung mobile

काठमाडौं । नेपाली बजारमा सामसुङ ग्यालेक्सी ग्रान्ड निओको मूल्य २ हजार ३ सय रुपैयाँ घटेको छ ।

सामसुङ मोवाइलको नेपाल स्थित अधिकृत बिक्रेता आईएमएसले ग्यालेक्सी ग्रान्ड नियो मोवाइलको मुल्य घटाएको हो । यस अघि २९ हजार पाँच सय रुपैयाँ पर्ने सेट अब २७ हजार दुई सय रुपैयाँमा पाइने कम्पनीले जनाएको छ ।

मूल्य घटेसँगै २९ हजार ५ सय रुपैयाँ पर्ने निओ नेपाली उपभोक्ताले २७ हजार २ सय रुपैयाँमा खरिद गर्न पाउने भएका छन् । ग्यालेक्सी ग्रान्ड निओ दुई सीम प्रयोग गर्न मिल्ने स्मार्टफोन हो । यसमा १.२ गिगाहर्ज क्वार्ड कोर प्रोसेसर, ४.२.२ जेलबिन अपरेटिङ सिष्टम प्रयोग गरिएको छ । ५.०१ इन्चको स्क्रीन रहेको निओमा मल्टी विन्डोज, मल्टी टास्किङ, लक्जरियस वेब ब्राउजिङ तथा एक्साइटिङ गेम खेल्न सकिने सुविधाहरु रहेका छन् ।

यसमा ८ जीबी इन्टरनल मेमोरी रहेको छ भने आवश्यकता अनुसार ६४ जीबीसम्म विस्तार गर्न सकिन्छ । निओमा ५ मेगापिक्सेल क्यामेरा र २१०० एमएएच क्षमताको व्याट्री प्रयोग गरिएको छ ।