२८ आश्विन २०८३, बुधबार

विश्वको सबैभन्दा महंगो हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dimond-har

काठमाडौं । गरगहनामा शौखिन हुनुहुन्छ भने विश्वको सबैभन्दा महंगो हारका बारेमा तपाईँ जानकार हुनुपर्छ । यदि थाहा छैन भने विश्व कीर्तिमानी हारबारे थाहा पाइराख्नुस् । तल तस्बिरमा देखिएको हार विश्वको सबैभन्दा महंगो हार हो ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डसका अनुसार ‘इन्कम्पेरेबल डाइमण्ड नेकलेस’ विश्वको सबैभन्दा महंगो हार हो । यो हार स्वीटजरल्याण्डमा मुख्यालय रहेको वहुराष्ट्रिय कम्पनी मौआवड ज्वेलर्सले निर्माण गरेको हो ।

विश्वको सबैभन्दा महंगो यो हारको मुल्य ३६ करोड ३६ लाख एक हजार दुई सय ३२ पाउन्ड छ । अर्थात् ५५ करोड अमेरिकी डलर ।

नेपालीमा हिसाव गर्ने हो भने यसको मुल्य हुन्छ चार अर्ब ७२ करोड ६६ लाख पाँच हजार चार सय ।यो हार ४ सय ७ दशमलब ४८ क्यारेट हिरा जडित छ, जुन विश्वकै उत्कृष्ट हिरा हो । विभिन्न आकारका एक सय दुई वटा हिरा यसमा जोडिएको छ ।

त्यसो मौआवड ज्वेलर्सले अन्य कीर्तिमानी पनि हासिल गरेको छ । उसले सन् २०१० मा सबैभन्दा महंगो ह्यान्ड ब्याग निर्माण गरेको थियो । यस्तै उसले २००३ मा विश्वकै आकर्षक ब्रा सार्वजनिक गरेको थियो ।