२८ आश्विन २०८३, बुधबार

४ करोड कमायो साझाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sajha-bus

ललितपुर। साझा यातायातले एक वर्षको अवधिमा टिकट बिक्रीबाट चार करोडभन्दा बढी आम्दानी गरेको छ ।

पटकपटक बन्द रहँदै आएको साझा यातायातले पछिल्लो पटक सञ्चालनमा आएको एक वर्षको अवधिमा टिकट बिक्रीबाट चार करोड ३४ लाख ३३ हजार ८ सय ७० आम्दानी गरिसकेको जनाएको छ ।

सफा बस र आरामसँग यात्रा गर्न सकिने भएकाले साझा यातायातको माग बढेको भए पनि आर्थिक स्रोतको खोजी भइरहेको र स्रोत जुट्नेवित्तिकै काठमाडौँ उपत्यका र उपत्यका बाहिरका लागि पनि बस थपिने साझाले जनाएको छ ।

हाल साझासँग १६ बस छन् । ती बस उपत्यकामा दुई वटा रुट निर्धारण गरी सञ्चालन भईरहेका छन् ।