२८ आश्विन २०८३, बुधबार

गुटले काँग्रेस बिग्रियो:पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Chandra Poudel

तनहुँ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीभित्रको गुटबन्दीको अन्त्यबिना पार्टीको विकास हुन नसक्ने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँको शनिबार आयोजित अधिवेशनको उद्घाटन गर्दै नेता पौडेलले ‘पार्टीभित्रको गुट अन्त्यका लागि सङ्घर्षका साथ लाग्ने छु, यस्ता गुटले पार्टी बिग्रेको छ ।’

उहाँले द्वन्द्वकालको अवस्थालाई अन्त्य गर्न मेलमिलाप आयोगको विधेयक पारित भइसकेको बताउँदै यसले संविधान निर्माणको लागि सहयोग मिल्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सभासद् शंकर भण्डारी, धुव्र वाग्ले, रामचन्द्र पोख्रेल र झुलबहादुर आलेलगायत वक्ताहरुले तोकिएको समयभित्रै संविधान निर्माण गर्न आफूहरु सक्रिय भएर लाग्ने बताउनुभयो ।