२८ आश्विन २०८३, बुधबार

आफ्नै काकाबाट चार वर्षदेखि युवती बलात्कृत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rape1

मोरङ। मोरङमा आफ्नै काकाबाट एक युवती बलात्कृत हुँदै आएको खुलासा भएको छ ।

उर्लावारीकी २१ बर्षीया ती युवतीले आफू १७ वर्ष हुँदादेखि काकाले ज्यान मार्ने धम्की दिएर बलात्कार गर्दै आएको बताएकी उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।

पीडितको उजुरीपछि इलाका प्रहरी कार्यालय उर्लाबारीले मोरङ राजघाट घर भएका पीडक काकालाई पक्राउ गरेको छ । पीडकको परिचय भने खुलाइएको छैन । युवतीले काकाले आफूलाई चरम यातना दिएर बलात्कार गर्दै आएको बयान प्रहरीमा दिएकी छिन् ।

अनुसन्धानपछि हाडनाता र जवरजस्ती करणी गरेको आरोपमा मुद्धा चलाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय उर्लावारीका निरीक्षक वेदप्रसाद गौतमले बताए ।