२८ आश्विन २०८३, बुधबार

साधुको भेषमा लागुऔषध कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau

जनकपुरधाम । साधुको भेषमा लागुऔषधको कारोबार गर्ने एक जना वृद्धलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार धनुषा जिल्ला यज्ञभूमि गाविस–८ धारापानी बलुवा क्वार्टर टोलका ७० वर्षीय भोला आले मगरलाई ३० किलो गाँजासहित पक्राउ गरिएको हो ।

उनले धनुषा, महोत्तरी र सिरहा जिल्लामा लागुऔषधको कारोबार गर्दै आएका थिए । विगत १० वर्षदेखि लागुऔषधको कारोबार गर्दै आएका मगरले आफ्नै घरमा लागुऔषधको प्याकिङ गर्ने गरेको समेत खुलासा भएको छ ।

अञ्चल प्रहरी कार्यालय जनकपुरका वरिष्ठ प्रहरी उपरीक्षक शिव लामिछानेले अञ्चलभरि नै लागुऔषधविरुद्ध प्रहरीको अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार धनुषा, महोत्तरी र सर्लाही जिल्लाबाट ९३ जनालाई लागुऔषध कारोबारमा संलग्न रहेको अवस्थामा पक्राउ गरिएको छ ।

धनुषाका ३९, सर्लाहीका १७ र महोत्तरीका ३७ जना लागुऔषध कारोबारमा संलग्न रहेका छन् ।