काठमाडौं। मुलुकमा दैनिक सरदर दुईजनाको हत्या हुने गरेको छ । त्यस्तै दैनिक दुई किशोरी वा बालिका बलात्कृत हुन्छन् । यस्ता अधिकांश घटनामा आफन्त र निकट मानिएकै व्यक्तिको संलग्नता पाइएको छ ।
सामान्य तनाव व्यवस्थापन गर्न नसक्दा दैनिक सरदर ११ जनाले आत्महत्या गर्छन् । दिनहुँ चोरी, डकैती, लुटपाटका तीनवटा घटना हुन्छन् भने आठजना ठगिने गरेका छन् ।
नेपाल प्रहरीसँग गत वर्ष मुलुकभर २२ हजार ६ सय ३२ वटा अपराधका घटना भएको तथ्यांक छ । यस हिसाबले दैनिक सरदर ६२ वटा आपराधिक घटना भएको देखिन्छ । अघिल्लो बर्ष २१ हजार पाँच सय ७७ अपराधका घटना भएको प्रहरी अभिलेखमा छ । यसले अपराधधन्दा बढ्दै गएको प्रस्ट हुन्छ ।
अनुपातमा गत वर्ष व्यक्तिलाई भौतिक क्षति हुने गरी दैनिक सरदर ११ वटा, महिला तथा बालबालिका लक्षित दैनिक सरदर ४ वटा र सार्वजनिक जीवनमा प्रत्यक्ष असर पुग्ने दैनिक सरदर १९ वटा भएको देखिन्छ ।
अपराध गर्ने विरुद्ध प्रहरी अनुसन्धान र सजाय कडा भए पनि औसत अनुपात बढ्नु राम्रो होइन । सहर केन्द्रित अपराध र ग्रामीण भेगमा हुने आपराधिक घटनाको प्रकृति फरक देखिए पनि अनुपात उस्तैउस्तै देखिन्छ ।
पूर्व अतिरिक्त महानिरीक्षक तथा अपराधशास्त्रमा विदावारिधि गरेका गोविन्द थापा घटनापछि प्रहरी अनुसन्धानमा असफलता, आर्थिक चलखेल र न्यायालयबाट उन्मुक्ति पाउँदा अपराध फस्टाउँदै गएको बताउँछन् । अन्नपूर्ण पोष्ट दैनिकबाट












प्रतिक्रिया