२८ आश्विन २०८३, बुधबार

आठ किलो चरेससहित तीनजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगन्ज, ८ वैशाख । पर्साको मुड्ली गाविसबाट प्रहरीले आठ केजी चरेससहित तीनजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पर्साको निचुटा गाविस–७ निवासी सराजुल मियाँ, अलौ निवासी अफताब आलम र भिस्वा गाविस निवासी जवाहिर अन्सारी रहेका छन् । निचुटाबाट ग३प ४९४५ नम्बरको मोटरसाइकलमा चरेस लिएर भारततर्फ जाँदै गरेका मियाँ र आलमलाई इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले मुडली–५ बाट पक्रेको हो ।

मियाँ र आलमले दिएको बयानका आधारमा जवाहिर अन्सारीलाई पनि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक नवीन कार्कीले बताउनुभयो । चरेस, मोटरसाइकलसहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

यसैबीच, पर्सा प्रहरीले ठगी अभियोगमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगन्ज उपमहानगरपालिका–१३ निवासी जोगेन्द्रप्रसाद कलवारलाई पक्राउ गरेको हो । जिल्ला अदालत पर्साले उनीसँग ठगी मुद्दामा १३ लाख १३ हजार ३३३ रुपैंया धरौटी माग गरेको थियो । कलवारले मागअनुसारको धरौटी रकम तिर्न नसकेपछि जेल पठाइएको प्रहरी उपरीक्षक धीरजप्रताप सिंहले बताउनुभयो ।