२८ आश्विन २०८३, बुधबार

अब श्रीपेच हेर्न नपाईने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । नारायणहिटी संग्रहालय घुम्न आउने सर्वसाधारणको श्रीपेच हेर्ने इच्छा अधुरो भएको छ। संग्रहालय अवलोकन गर्न आएका अधिकांश आगन्तुकहरुले आगन्तुक पुस्तिकामा नारायणहिटी संग्रहालयको ऐतिहासिक सामाग्री अवलोकन गरेपनि श्रीपेच हेर्न नपाएको गुनासो लेख्ने गरेका छन्।
तर, रक्षा मन्त्रालयले उदासिनताको कारणले गर्दा एक वर्षअघि श्रीपेच राख्ने बुलेटप्रुफ शोकेस तयारी भइसक्दा पनि श्रीपेच राख्न सकिएको छैन । संग्रहालयले करिब २ करोड रुपैयाँ लागतमा गत चैतमा शोकेस तयारी गरी श्रीपेच राख्ने ठाउँमा सीसीटीभीसहितको सुरक्षाको बन्दोबस्त गर्दा रक्षा मन्त्रालयले श्रीपेच राख्न स्वीकृति दिएको छैन।
नेपाली सेनालाई सोको बारेमा कुनै जानकारी दिएको छैन। संग्राहलय प्रशासनले श्रीपेच राख्न आग्रह गर्दै रक्षा मन्त्रालयका अधिकारी, संस्कृतिमन्त्री र सचिवसम्मलार्इ भेट गरेको थियो ।