२८ आश्विन २०८३, बुधबार

नेपाली र अमेरिकी समलिंगीको यो पिरती

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– कृष्णचन्द्र बन्जरा / काभ्रे

Krishna-chandra-banjaraकाभ्रेमा जन्मिएका निकेश (नाम परिर्वन) भावनात्मक तथा शारिरिक रुपमा पुरुष समलिंगी हुन् । उनी आफ्नो पूरा नाम तथा ठेगाना समाजमा अपहेलित हुने डरले स्पस्ट खुलाउन चाहँदैनन् । पुरुष सँगै सम्बन्ध राख्न रुचाउने निकेश एक अमेरिकी नागरिकसँग विगत लामो समय देखि शारिरीक सम्बन्ध राख्दै आएका छन् । उनीसँग सम्बन्ध राख्न ती नागरिक हरेक बर्ष नेपालमा ‘भ्रमण भिसामा’मा आइपुग्छन् ।

काभ्रेमा करिव ४ सय पुरुष समलिंगीहरु छन् । अधिकांश समलिंगीहरुको अन्य जिल्ला तथा विदेशी ‘पाटनर’हरु रहेका छन् । अमेरिका , क्यानाडा जस्ता देशबाट विदेशीहरु अनलाइनबाट चिनजान भएको आधारमा भेट्नका लागि नेपालमा आउने र सम्बन्ध राखेर फर्कने गरेको बताइएको छ ।