घनश्याम पराजुली (कृष्ण), दोहा । कतारको अल अरविकस्र्पोटस क्लवमा शुक्रवार नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु भिड्दै छन ।
अलअहली क्लवले आयोजना गरेको खेलमा नेपालका चर्चित गायक मिलन लामा र मिलन अमात्यको पनि बजोड सांगीतिक प्रस्तुति रहनेछ ।
नेपालबाट २१ जना खेलाडी सहित ३० जनाको टोली कतार आइसकेको छ । स्थानीय समय अनुसार दिउँसो ३ः३० बजेबाट प्रवेश खुल्ला गरिने कार्यक्रममा ४ बजेबाट सांगीतिक प्रस्तुति रहने, ६ बजेबाट कतारका अन्तर क्लवबीच खेल साथै बेलुका ८ः३० बजेबाट नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरुबीचको खेल हुने चितवन युवा समूहका पूर्व अध्यक्ष रामहरि गैहे्रले बताए । कार्यक्रमलाई चितवनयुवा समूहले समन्वय गरेको छ । कार्यक्रमका लागी समूहमा आउने दर्शकहरुलाई यातायातको पनि व्यवस्था गरिएको छ । खेलसँगै भरपुर मनोरन्जन लिन नेपाली समुदायलाई चितवन युवा समूहले सहभागिताका लागि आव्हान गरेको छ ।
अलअहली क्लवले नेपाली राष्ट्रिय खेलाडीहरुलाई कतारमा खेल प्रदर्शन गर्ने ऐतिहासिक अवसर दिएको छ । नेपाल र फिलिपिन्सका राष्ट्रिय खेलाडीहरु लागायत सांगीतिक कार्यक्रमको सम्पूर्ण खर्च क्लवले नै बेहोर्नेछ । कार्यक्रममा आउने दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।











प्रतिक्रिया