२८ आश्विन २०८३, बुधबार

अमेरिका पुगेर अर्थमन्त्रीले सामान्य प्रशासन मन्त्रीको खेदो खने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका, भर्जिनिया, १ वैशाख । सरकारका मन्त्रीहरुकैबीचमा कुरा बाझिएको छ ।

अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री डा रामशरण महतले डिसी महानगर क्षेत्रको भर्जिनियामा नेपाली समुदायसँगको छलफलमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको भनाइ खण्डन गर्दै उनलाई गलत रुपमा चित्रित गरेका हुन् ।

अर्थमन्त्री महतसँगका क्रममा नेपाली समुदायले सबैभन्दा बढी समय सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको अभिव्यक्तिका बारेमा खर्चिएका थिए । मन्त्री पण्डितले ग्रीन कार्ड र पीआरका विषयमा बोलेको कुरा सरकार को हो कि होइन ? भन्ने नेपाली समुदायको प्रश्नमा अर्थमन्त्री महतले सरकारको नभई मन्त्री पण्डितको व्यक्तिगत भनाइमात्र भएको भन्दै टिप्पणी गरे ।