
डेनमार्कले गिर्दो जन्मदर बढाउनआफ्ना नागरिकहरुलाई सजोडी विदामा जान आव्हान गरेको छ।
सरकारले भिडियो बिज्ञापनमार्फत आफ्ना नागरिकलाई यो आग्रह गरेको हो । विदामा रहँदा जोडीहरुले एकअर्कालाई नयाँ ढंगले हेर्ने र सेक्स इच्छा जागृत हुने दावी गरिएको छ। एक तथ्य अनुसार औषत दिनमाभन्दा जोडीहरु विदाका बेला ४६ प्रतिशत बढी सेक्स गर्दछन् ।
यो भिडियोको नाम ‘डु इट फर डेनमार्क’ राखिएको छ । यसमा व्यस्त कामकाजबाट टाढा भएपछि महिला र पुरुष एकअर्काको नजिक आउँछन् भन्ने देखाइएको छ।
भिडियोमा डेनिस बच्चाहरुमध्ये १० प्रतिशत यस्ता छन् जो विदा मनाउने क्रममै गर्भमा रहेका थिए । यतिमात्र होइन, विदा मनाउने क्रममा गर्भवती हुने महिलालाई फ्री होलिडे को प्रस्ताव पनि गरिएको छ। विज्ञापन डु इट फर डेनमार्क अभियानमा सेक्सले डेनमार्क बचाउन सक्छ भन्ने प्रश्न पनि गरिएको छ।
डेनमार्कको जन्मदर २७ वर्षयता न्युनस्तरमा छ । यहाँ वृद्धवृद्धाको संख्या अधिक छ । जबकि बच्चा जन्मने दर निकै कम छ । यो समस्या समाधानका लागि सरकारले कुनै उपाय निकाल्न सकेको छैन । त्यसैले यो विज्ञापनमार्फत घट्दो जन्मदर बढाउने योजनामा छ ।











प्रतिक्रिया