
काठमाडौँ, १९ चैत । मलेसिया सरकारले आगामी एकवर्षभित्रमा थप दुई लाख नेपाली श्रमिकलाई रोजगारीका अवसर उपलब्ध गराउने भएको छ ।
नेपाल र मलेसियाका उच्च सरकारी अधिकारीबीच बुधबार श्रम तथा रोजगार मन्त्रालयमा भएको वार्तामा मलेसियाले सुरक्षा, कृषि, र औद्योगिक क्षेत्रमा थप दुई लाख नेपाली कामदारलाई रोजगारीका अवसर दिने सहमति भएको हो ।
मलेसियाको श्रम मामिलासमेत हेर्ने गृहमन्त्री डा अहमद जालिद हमिदी र श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ नेतृत्वको दुई मुलुकबीचको उच्चस्तरीय वार्तामा नेपाली श्रमिकको व्यवस्थापन, उनीहरूको सेवा सुविधालगायत विषयको समुचित सम्बोधन गर्न द्विपक्षीय कार्यदल गठनको सहमति पनि भएको छ ।











प्रतिक्रिया