२८ आश्विन २०८३, बुधबार

क्यासिनोले मलेसियामा नेपालीको उठिबास

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसिया । जुवा तास खेल्न काठमाडौंको क्यासिनो धाउने नवधनाढ्यहरुको एउटा जमात छ । सरकारले जतिसुकै कडाइ गरे पनि नेपालीको क्यासिनोमा प्रवेश रोकिन सकेको छैन । नेपालमा सरकारले नेपालीलाई जुवा खेल्न क्यासिनो प्रवेशमा कडाइ गरिरहँदा वैदेशिक रोजगारीका लागि मलेसिया आइपुगेका धेरै नेपाली समेत क्यासिनोको लतमा फसेका छन् । राम्रै कमाइ हुनेदेखि श्रमिकसम्मले क्यासिनोमा आफ्ना प्रवासका सपना हारिरहेका छन । रात दिन रगत पसिना बगाएर कमाएको धन र समय नष्ट गरिरहेका छन्, नेपाली श्रमिकले ।