२८ आश्विन २०८३, बुधबार

न्युयोर्कमा क्याटवाक गर्दै पवनकली (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयोर्क । गाउँबाट शहरमा आएको युवतीको भुमिकामा पवनकली शो नामक टेलिभिजन कार्यक्रम सन्चालन गरेर चर्चामा आएकी माम्पी घोष यतिबेला न्युयोर्कको फेशन शोमा ब्यस्त हुन थालेकी छन् ।

टेलिभिजन कार्यक्रम पवनकली शोमा गाउँले युवतीको भुमिकामा देखिएकी पवनकली न्युयोर्कमा रहेको साउथ एशिएन कम्युनिटीमा फेशन शोमा व्यस्त रहेकी हुन् । अध्ययनका लागि बिगत केहि महिना देखि न्युयोर्कमा रहेकी माम्पीले फेशन सम्बन्धी कार्यक्रममा भाग लिनुका साथै अमेरिकामा रहेका साउथ एशिएन सन्चारमाध्यममा आफ्नो करियर अगाडि बढाउने योजना रहेको सुनाइन् । कानुन क्षेत्रमा अध्ययन गर्दै गरेकी माम्पीले अप्रिल महिनामा मात्र दुईवटा फेशन शोमा क्याटवाक गरेकी छन् । न्युयोर्कको फेशन शोको बारेमा आफ्नो अनुभब सुनाउंदै माम्पीले भनिन् “नेपालमा रहँदा होस् या बिदेशमा जहाँ रहेर पनि आफ्नो लक्ष्य पूरा गर्ने यात्रामा लाग्ने छु ।”