२८ आश्विन २०८३, बुधबार

हुलाकका कर्मचारीद्धारा तलब वृद्धिको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Minendra Rijalकाठमाडौं । आगामी आर्थिक वर्षको बजेटमा शतप्रतिशत तलब वृद्धि गर्नुपर्ने मागसहित नेपाल अतिरिक्त हुलाक कर्मचारी एसोसिएसनले सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग तलव बृद्धिको माग गरेको छ ।

 

एसोसिएसनका अध्यक्ष टङ्कप्रसाद हुमागाईंको नेतृत्वमा आज (बुधबार) सिंहदरबार गएको प्रतिनिधिमण्डलले समय सापेक्ष अनुसार तल तथा सेवा सुविधा बृद्धिको माग गरेको हो ।

 

कार्यालय समय थप पूरा काम पूरा दाम, मूल्यवृद्धिको अनुपातमा शतप्रतिशत तलब वृद्धि गर्नुपर्ने, अतिरिक्त हुलाक नियमावली २०३४ मा तत्काल परिमार्जन गर्नुपर्ने, सेवाबाट हट्न चाहने अतिरिक्त हुलाकका कर्मचारीलाई उचित उपदान वा क्षतिपूर्तिसहित सेवा निवृत्त गराउनुपर्नेलगायतका माग एसोसिएसनले राखेको छ ।

 

सञ्चारमन्त्री रिजालले एसोसिएसनको मागका सम्बन्धमा आफूले सम्बन्धित निकायका पदाधिकारीसँग छलफल गरी आवश्यक प्रक्रिया पु-याउने बताए ।