२८ आश्विन २०८३, बुधबार

एमाओवादीसँग कार्यगत एकता मात्रै : थापा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ram Bahadur Thapaतानसेन । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले दोस्रो संविधानसभाको निर्वाचनपछि यथास्थितिवादीको पुनःस्थापना भएको बताएका छन् ।

 

क्रान्तिकारी पत्रकार महासंघले आज (बुधबार) पाल्पामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले पहिलो संविधानसभाको विघटन र दोस्रो संविधानसभाको चुनाव षडयन्त्रपूर्वक भएको बताए । षड्यन्त्रमा गठन भएको संविधानसभाको विघटन गर्नु पर्ने उनको माग थियो ।

 

उनले जनताको समस्या हल गर्ने खालको संविधान जारी हुन नसक्ने दाबी गरे ।

 

‘एमाओवादीले हेटौँडा महाधिवेशन सच्याएर आएको अवस्थामा पार्टी एकीकरणको सम्भावना छैन,’ उनले भने । एकीकृत माओवादीमा मुद्दाका सवालमा कार्यगत एकता भएको बताउँदै थापाले एकीकरण तत्कालै हुने अवस्था नरहेको बताए ।