– पूर्ण प्रसाद चौलागाईं
काठमाडौं, १ चैत । सबै खाले प्रतियोगिता बहिष्कार गरेर विरोधमा उत्रिएका राष्ट्रिय क्रिकेटरलाई नेपाल क्रिकेट संघ (क्यान) ले वार्ताका लागि आह्वान गरेको छ।
क्यानको शनिबार रातिसम्म बसेको बोर्ड बैठकले खेलाडीलाई वार्ताका लागि अनुरोध गर्नुका साथै क्रिकेटरले पाउन बाँकीमध्ये ६ महिनाको तलब र सबै खाले भत्ता सात दिनभित्र उपलब्ध गराउने निर्णय गरेको छ।
क्यानले शनिबार राति साढे आठ बजे ललितपुरमा आकस्मिक पत्रकार सम्मेलन गर्दै पुससम्मको पाउन बाँकी सबै रकम दिने जानकारी दिएको हो।
‘अहिले जुन परिस्थिति उत्पन्न भएको छ, त्यसले समग्र क्रिकेटको छविमा नकारात्मक प्रभाव पर्छ भनेर सबै खेलाडीलाई तत्काल वार्तामा आउन आह्वान गर्दै वार्ता समिति बनाएका छौं’, क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए।
वार्ता समितिमा उपाध्यक्ष चतुरबहादुर चन्द संयोजक छन्। अन्य सदस्यमा ठाकुरप्रताप थापा र दीपक साउद छन्।











प्रतिक्रिया