आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

दैलेखमा पेट्रोलियम अन्वेषण गर्ने मन्त्रिपरिषदको निर्णय

दैनिक नेपाल २०७९ माघ २४ गते १८:२४

काठमाडौं, २४ माघ । सरकारले दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम अन्वेषण गर्ने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम अन्वेषण प्रयोजनका लागि जिल्लाको जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले नागमती बाँध आयोजनाको कार्यान्वयनका अघि बढाउन काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ मा रहेको करिब १४ रोपनी जग्गा प्राप्ति गर्न स्वीकृति दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित