शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

समाचार

मित्र राष्ट्रसँगको सम्बन्ध राम्रो बन्दै गएको छ : मन्त्री ज्ञावली

चितवन, २९ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावलीले मित्रराष्ट्रसँगको आपसी सम्बन्ध धेरै राम्रो बन्दै गएको बताउनुभएको छ । शुक्रबार यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले नयाँ सरकार गठन भएपछि नेपालमा भएका अन्तर्राष्ट्रिय सम्मेलन, द्विपक्षीय वार्ता एवं नेपालबाट...

मौलिक स्वरुपमा सम्पदा पुनःनिर्माण गर्नेलाई ५० हजार थप

काठमाडौँ, २९ भदौ । भूकम्पले भत्किएका सम्पदा बस्तीलाई मौलिक स्वरुपमै पुनःनिर्माण गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिको शुक्रबारको बैठकले उपत्यका भित्रका खोकना, बुङ्मती, साँखु, किलागलजस्ता परम्परागत बस्ती तथा उपत्यका बाहिरका नुवाकोट,...

सरकारलाई अवहेलनाको कारवाही गर्ने सर्वाेच्चको चेतावनी

काठमाडौँ, २९ भदौ । सर्वाेच्च अदालतले सरकारलाई अवहेलनाको कारवाही गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई पटकपटक पक्राउ गरिएको भन्दै सरकारलाई कडा चेतावनी दिएको हो । न्यायाधीश...

विकासका लागि नवीनतम् सोच आवश्यक : मुख्यमन्त्री गुरुङ

पोखरा, २९ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि नवीनतम् सोचको खाँचो रहेको बताउनुभएको छ । प्रदेश नीति तथा योजना आयोगद्वारा शुक्रबार यहाँ आयोजित ‘नेपालको विकासका सन्दर्भमा सिङ्गापुरको नमूना’ विषयक अन्तरक्रियामा उहाँले...

भूकम्पपछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदै

काठमाडौं, २९ भदौ । भूकम्पले क्षतिग्रस्त बनेको त्रिपुरेश्वरस्थित दशरग रंगशालामा अन्तर्राष्ट्रिय प्रतियोगित हुने भएको छ । शुक्रबार राजधानीमा आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता आगामी माघ ९ देखि १९ गतेसम्म हुने...

अदालतको आदेशपछि पत्रकार बस्नेत रिहा

काठमाडौँ, २९ भदौ । विद्युतीय अपराध मुद्दामा प्रहरीले हिरासतमा लिएका खोजतलास साप्ताहिक र खोजतलास डटकमका प्रधानसम्पादक राजु बस्नेतलाई रिहा गर्न अदालतले आदेश दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले बस्नेतलाई साधारण तारेखमा रिहा गर्न...

आर्थिक विकाससँगै समृद्धिको बाटोमा सरकारः प्रधानमन्त्री ओली

काठमाडौंमा आयोजित एक आर्थिक कार्यक्रममा शुक्रबार बोल्दै प्रधानमन्त्री ओलीले लामो राजनीतिक सङ्क्रमणपछि आर्थिक विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताउनुभएको हो । उहाँले भन्नुभयो, “लामो राजनीतिक सङ्क्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी...

प्रधानसेनापति थापा र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ, २९ भदौ । चिनियाँ राजदूत यू होङले प्रधानसेनापति पूर्णचन्द्र थापासँग शिष्टाचार भेट गरेकी छन् । राजदूत होङले नेपाली सेनाको जंगी अड्डामा भद्रकाली पुगेर प्रधानसेतापति थापासँग भेटवार्ता गरेकी हुन् । भेटवार्ताका क्रममा राजदूत होङले...

थप २३ सय गुनासोकर्ता पुनर्निर्माण लाभग्राही सूचीमा

काठमाडौं, २९ भदौ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले २ हजार ३ सय ४५ गुनासोकर्तालाई पुनर्निर्माण लाभग्राही कायम गरेको छ । प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले भूकम्प अति प्रभावित...

संसदबाट पारित भए यी विधेयक

काठमाडौं, २९ भदौ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले सोसम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो । यसअघि मन्त्री खनालले...

असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्ने

काठमाडौं, २९ भदौ । काष्ठमण्डप पुनर्निर्माण निर्देशक समितिको बैठकले काष्ठमण्डप पुनर्निर्माणमा हालसम्म भएका कार्यप्रगतिको समीक्षा गरेको छ । बैठकले २०७६ असार मसान्तभित्र काष्ठमण्डपको पहिलो तल्ला पुनर्निर्माण गरिसक्नेगरी आवश्यक कार्ययोजना बनाई कार्यान्वयन गर्ने प्रक्रिया अघि...

सरकारविरुद्ध पर्चा बाँड्दै हिँडेका नेकपाका चार कार्यकर्तामाथि मुद्दा दर्ता

लहान, २९ भदौ । सिरहाको लहान नगरपालिका–१३ पक्कीटोलबाट पक्राउ परेका नेकपाका चारजना कार्यकर्तामाथि सिरहा प्रहरीले नयाँ फौजदारी ऐनअन्तर्गत मुद्दा चलाएको छ । सरकार विरोधी पर्चा बाँड्दै हिँडेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले गत २३...
1 6,273 6,274 6,275 6,276 6,277 11,365