- राजविराज, १५ असार । बीस वर्षीया एक महिलालाई
गरेको आरोपमा सप्तरीको मधुपट्टी गाविस–३ का २६ वर्षीय देवकुमार सदाविरुद्ध प्रहरीले सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा चलाएको छ ।
आरोपितलाई जोगाउन गाउँलेले मिलापत्र गर्न दबाब दिएको र प्रहरीले संरक्षण गरिरहेको आरोप पीडितले लगाएपछि गत शुक्रबार पीडित र आरोपितको राजविराजस्थित अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
पीडितले घरमा एक्लै सुतिरहेका बेला ज्यान मार्ने धम्की दिँदै आरोपितले गत मङ्गलबार राति आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । स्थानीयवासीले सदालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कल्याणपुरमा बुधबार नै बुझाएका थिए ।
गाउँलेले मिलापत्रको पहल गरिरहेको सुनिएको तर आफूहरुले मिलापत्रका लागि कुनै दबाब नदिएको प्रहरी निरीक्षक विजय यादवले बताउनुभयो । प्रहरी निरीक्षक यादवले गिरफ्तार भएका आरोपितमाथि केही सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाएको जानकारी दिनुभयो ।















प्रतिक्रिया