ललितपुर, १५ असार । कञ्चन अङ्ग्रेजी माध्यमिक विद्यालयको बसले आइतवार बिहान ६ बजेतिर एक मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । लेले–६ बस्ने ३४ वर्षीय हरेराम थापाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
लेले टीकाभैरवमा विपरीत दिशाबाट आइरहेको बा५९प १९०३ नम्बरको मोटरसाइकललाई बा१क ५६११ नम्बरको बसले ठक्कर दिएपछि घाइते भएका मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । ठक्कर दिने बस र चालक दीपक दाहाललाई महानगरीय प्रहरी वृत्त चापागाउँले नियन्त्रणमा लिएको छ । उक्त बस विद्यार्थी लिन चापागाउँबाट लेले जाँदै गर्दा यो दुर्घटना भएको हो।
















प्रतिक्रिया