२९ आश्विन २०८३, बिहिबार

तरकारी किन्न आएकी युवतीसँग दुई सय रुपैयाँमा यौन सम्पर्क राख्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sex zकाठमाडौं । राजधानीमा पैसा तिरेर युवतीसँग यौनसम्पर्क राख्दा दुई युवक कानुनको फन्दामा परेका छन् ।

कम पैसामै दुई जनाले पालैपालो युवतीसँग यौनसम्पर्क राखेपछि उनीहरुविरुद्ध प्रहरीमा सामुहिक बलात्कार अभियोगमा उजुरी परेको हो ।

उजुरीपछि उनीहरुलाई अदालतले कारागार चलानको आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले मध्यपुरथिमि नगरपालिका–१५ गठ्ठाघरमा १३ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको भनिएका सत्यनारायण रामलाई विहीबार पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गर्ने आदेश दिएको हो ।

गत असोज १० गते सर्लाही खोरिया-८ घर भएका ३३ वर्षीय सत्यनारायण र सञ्जय रामलाई सामूहिक बलात्कार गरेको अभियोग लगाइएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

जुत्ता मर्मत गर्ने दुवै जनाले तरकारी किन्न गएकी किशोरीलाई रु २०० दिने प्रलोभन दिएर बलात्कार गरेको उजुरी किशोरीकी आमाले प्रहरीलाई गर्नुभएको थियो ।