३० आश्विन २०८३, शुक्रबार

साँस्कृतिक कार्यक्रमका लागि राष्ट्रिय कलाकारहरु कतारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8दोहा । बसन्त फिल्मस् (प्रा)लिले ३० अक्टोबर शुक्रबारका दिन आयोजना गरेको विविध साँस्कृतीक कार्यक्रमका लागि नेपालबाट कलाकारहरु कतार आइपुगेका छन् ।

विजया दशमी तथा शुभ दीपावलीको शुभकामना तथा विविध साँस्कृतिक कार्यक्रमका लागि नेपालदेखि चर्चित लोक तथा दोहोरी गायक राजु ढकाल, गायिका सान्ति सुनार र गायक तथा संगीतकार कृष्ण काफ्ले बुधबार कतार आइपुगेका हुन् ।

अमेरिकाबाट चर्चित लोक तथा दोहोरी गायिका शान्ति भण्डारी, जापानबाट चर्चित लोक तथा दोहोरी गायक सूर्य खड्का साथै कुवेतबाट लोक तथा पप गायक डीबी लोप्चन भने बिहीबार कतार आउने छन । बसन्त फिल्मस् प्रालिद्वारा आयोजित कार्यक्रममा कतारका कलाकारहरुको समेत बेजोड प्रस्तुति रहनेछ ।

प्रवासमा रहेर पनि नेपाली कला र सँस्कृतिको जर्गेना गर्दै नेपाललगायत विभिन्न देशमा रहेका कलाकारहरुलाई स्थान दिने उद्धेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बसन्त फिल्मस् प्रालिका प्रबन्ध निर्देशक ईश्वर काफ्लेले बताएका छन ।

कार्यक्रमको तयारी पूरा भइसकेको समेत महासचिव मोहन शाहले जानकारी दिएका छन् । कतारमै पहिलो पटक दर्शकहरुले कार्यक्रमको नौलोपन महशुस गर्न पाउने छन् ।

कार्यक्रममा दोहोरीमा घम्साघम्सी समेत हुनेछ । बसन्त फिल्मस् प्रालि कतारको पहिलो प्रस्तुति रहेको यस कार्यक्रममा उल्लेख्य नेपालीहरुको सहभागिता रहने अपेक्षा गरिएको छ । कार्यक्रम शुक्रबार क्वालिटी हाईपर मार्केटको सभाहलमा मध्यान्ह १२ बजेबाट शुरु हुनेछ ।