२९ आश्विन २०८३, बिहिबार

प्रतिबन्धित वनमा तीव्र फँडानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

banfadaniडडेल्धुरा, १५ असार । सरकारले वन कटानी रोक्न आदेश दिए पनि सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न सरकारी र सामुदायिक वनमा अवैध ढंगले हरिया रुख काटिने क्रम रोकिएको छैन।

दैनिक अवैध रुपमा हलिया सला र सल्लाका रुख कटानी भइरहेको छ। सडकका किनारमा काठको थुप्रो लागेको छ।

राजनीतिक दल, वनकर्मी र सामुदायिक वनको मिलेमतोमा काठ काटिएको स्थानीयको आरोप छ। डडेल्धुरा वन मन्त्रालयको सूचीमा ुखु वर्गको कमाउ जिल्ला हो।

साताअघि मात्रै सामुदायिक वन उपभोक्ता समूहले ठेकेदारसँग मिलेर भित्रीमधेसको आलिताल क्षेत्रमा दर्जनौं हरिया रुख काटेको स्थानीय बताउँछन्। डोटी, कैलाली र डडेल्धुराको चुरे क्षेत्रमा कटानी भई तराईमा तस्करी हुने गरेको छ। चुरे क्षेत्रमा बनेका सडक तस्करीको मूलद्वार बनेका छन्।

सरकारले २०६६ जेठ २ देखि पाँच वर्षका लागि डडेल्धुरामा कुनै पनि काठ नकाट्न आदेश दिएको थियो। पुरानो छुटपुर्जीको काठ भन्दै वन कर्मचारी र सामुदायिक वनका पदाधिकारी नै नयाँ रुख काट्न व्यस्त छन्। डडेल्धुरा, डोटी, बैतडी र कञ्चनपुरका दर्जनौं वनमा अहिले पनि कटानी भइरहेको छ।
नागरिक दैनिकबाट