३० आश्विन २०८३, शुक्रबार

भारतका मोस्ट वान्टेड ‘अण्डरवर्ल्ड डन’ छोटा राजन इण्डोनेसियामा पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

6ota-rajanकाठमाडौं, १० कात्तिक । भारतका मोस्ट वान्टेड ‘अण्डरवल्र्ड डन’ छोटा राजन इण्डोनेसियामा पक्राउ परेका छन् ।

भारतीय गृह मन्त्रालयले सोमबार राजनलाई इण्डोनेसिया प्रहरीले पक्राउ गरेको खबरको पुष्टि गरेको छ । प्रहरीका अनुसार छोटा राजन आइतबार अष्ट्रेलियाको सिड्नीबाट इण्डोनेसियाको बाली आएका थिए । उनी त्यहाँबाट बालीको एक रिसोर्टमा जाने तयारीमा थिए ।

बाली सहरका प्रहरी प्रवक्ता हेरी वियान्तोले अष्ट्रेलियन प्रहरीको सूचनामा छोटा राजनलाई एयरपोर्टबाटै पक्राउ गरिएको जानकारी दिनुभयो । अष्ट्रेलियन प्रहरीले राजन इण्डोनेसिया आउन लागेको सूचना दिएको थियो । छोटा राजनमाथि भारतमा १५ देखि २० जनाको हत्या गरेको आरोप छ । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी सञ्जाल (इन्टरपोल)ले रेड कर्नरमा नोटिस जारी गरेको थियो ।

प्रहरी अनुसन्धानमा छोटा राजनको असली नाम राजेन्द्र सदाशिव निखलजे भएको समेत खुलेको छ । अहिले उनको उमेर ५५ वर्ष रहेको छ । उनी पछिल्लो केही वर्षदेखि फरार थिए । एक समय छोटा राजन र अण्डरवल्र्ड डन दाऊद इब्राहिम नजिकका साथी थिए । तर, कारोबारको झगडाले दुबै अलग भएका थिए ।