काठमाडौँ, १० कात्तिक । लामो समयदेखिको अघोषित नाकाबन्दीको प्रत्यक्ष असर सेयर बजारमा पनि देखिएको छ ।
निरन्तर अर्थतन्त्रमा परेका नकारात्मक प्रभावका कारण लगानीकर्तामा आएको निराशाका कारण त्यसको असर बजारमा देखिएको हो । दसँैको बिदापछि खुलेको दोस्रो कारोबार दिन बजारमा २९.३२ अङ्कको गिरावट आएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
तराईमा मधेसी मोर्चाको निरन्तरको आन्दोलन र भारतको नाकाबन्दीका कारण उद्योग तथा व्यापार ठप्प हुँदा अर्थतन्त्र अस्तव्यस्त भएको र पुँजी परिचालन हुन सकेको छैन । दिनभरिमा ८३ कम्पनीको २० करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भयो भने कुल तीन लाख ६१ हजार ६१६ कित्ता सेयर कारोबार भए । दिनभर बजारका सबै सूचक ओरालो लागेको नेप्सेले उल्लेख गरेको छ ।
सबैभन्दा बढी बीमा ९०.७ अङ्क, जलविद्युत् ७७.५३ र बैंकिङ ३५.९२ अङ्कले झरेको छ । होटल २२.३१, विकास बैंक १६.७५, फाइनान्स ४.९५ र अन्य ७.०४ अङ्कले घटेको छ । रासस















प्रतिक्रिया