३० आश्विन २०८३, शुक्रबार

भारतको विकल्प खोज्दै सरकार, चीनबाट ल्याउँदा ग्यास पनि निकै सस्तो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China-gasकाठमाडौँ, १० कात्तिक । सरकारले लामो समयदेखिको इन्धन सङ्कट समाधानका लागि कूटनीतिक पहल जारी राखेको जनाएको छ ।

नेपाल आयल निगमसँग मौज्दात इन्धनको समुचित वितरण प्रणाली अपनाएको भए पनि भारतबाट निरन्तर आपूर्तिमा असहज भएपछि भारतको विकल्पबारे विभिन्न तहमा पहल जारी रहेको बताइएको छ ।

भारतका नाकाबाट सहज आपूर्ति नभएपछि सरकारले चीनबाट इन्धन आपूर्ति गर्नका लागि सरकारी टोली त्यहाँ गएर विभिन्न तहमा वार्ता जारी रहेको उल्लेख गर्दै चाँडै समस्याको समाधान हुने विश्वास लिइएको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले नेपाल आयल निगमले भारतको नाकामा अड्किएका ग्यासका बुलेट तथा पेट्रोलियम पदार्थका ट्याङ्कर वैकल्पिक बाटो प्रयोग गरेर ल्याउने कोसिस जारी राखिएको बताउनुभयो ।

सरकारले विभिन्न तहबाट इन्धन आपूर्तिका लागि प्रयास जारी राखेको उल्लेख गर्दै चीनले उपलब्ध गराउने भनेको अनुदानको करिब १३ लाख लिटर इन्धन आयात गर्ने प्रक्रियाका विषयमा छलफल भएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

उहाँले नेपाल सरकार र चीन सरकारबीच हुने सम्झौताले इन्धन आपूर्ति गर्ने बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो । नेपाललाई दैनिक ३५० ट्याङ्कर इन्धन आवश्यक पर्ने भएपनि भारतबाट एकाध ट्याङ्कर मात्र इन्धन भित्रिएको छ ।

चीनबाट खाना पकाउने एलपी ग्यास आयात गर्दा भारतको भन्दा सस्तो पर्ने एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार भारतबाट आयात गरिएको १४.२ केजीको एक सिलिन्डरको रु एक हजार ४०० पर्ने ग्यास चीनको सिगात्सेबाट ग्यास आयात गर्दा रु एक हजार ३०० सम्ममा उपलब्ध हुनेछ । रासस