१ कार्तिक २०८३, शनिबार

बेलहिया नाकाबाट पेट्रोल आएन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhairahawa-naka (4)लुम्बिनी (रुपन्देही), १० कात्तिक । रुपन्देहीको बेलहिया नाकाबाट हिजो दिनभर र आज दिउँसोसम्ममा एउटा पनि पट्रोलियम पदार्थ बोकेको गाडी नेपाल भित्रिएको छैन ।

आइतबार २० वटा इन्धन बोकेका गाडी छिरेको बेलहिया नाकाबाट सोमबार दिनभर र आज दिउँसोसम्ममा एउटा पनि इन्धनका गाडी नआएको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक अभव विक्रम शाहले जानकारी दिनुभयो ।

सिमानाका सहजरुपमा सञ्चालनमा आई अक्सिजन, केमिकल, खाद्यान्न र फलफूलका गाडी धमाधम भित्रिए पनि पेट्रोलियम पदार्थका गाडी भने नभित्रिएको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हिजो सोमबार दिनभरमा एउटा एलपी ग्याससहित झण्डै ८० वटा र आज दिउँसोसम्ममा पनि ३० वटा जति गाडी भित्रिएका छन् । रासस