१ कार्तिक २०८३, शनिबार

दोलखामा व्यक्तिगत खर्चमा मोटरबाटो निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

motor-batoदोलखा, १० कात्तिक । जापानको होक्काइडोमा ब्यबसाय गरी बसेका नेपाली यूवा उद्यमी अर्जुन अधिकारी र उनको ‘विस्तारै विस्तारै समुहले’ दोलखा को फस्कु ६/७/८ मा झण्डै ५ किलोमिटर लामो मोटर बाटो निर्माण गरेको छ ।

मोटरबाटो बनेपछि पछी स्थानीयहरु मुढे र चरिकोटसम्म सहजै यात्रा गर्न सक्ने भएका छन् । उक्त मोटरबाटोको उद्घाटन व्यवसायी अर्जुन अधिकारिले गरेका छन् । कार्यक्रममा जापानी नागरिक कोन्दो केन्जी लगायत ‘विस्तारै विस्तारै ग्रुप’ का व्यवस्थापक बिनोद गौतम, निर्देशक दिपक अधिकारी लगायतको उपस्थिती थियो ।

स्थानीयले बाजागाजा सहित स्वागत गरेका थिए । झण्डै २० लाख खर्चमा सो काटाकुटी–बोद्ले–गोचेत्–फस्कु–हिले मोटर बाटो खनिएको स्थानीयले बताएका छन् ।

सो अबसरमा स्थानिय जेहेन्दार तथा भूकम्प पीडित विद्यार्थीलाई छात्रबृति पनि प्रदान गरिएको थियो । भूकम्प पीडित नेपाली लाई सहयोग स्वरुप होक्कइडो आबासिरिले उक्त कार्यक्रम को आयोजना गरेको थियो ।