बैतडी, १० कात्तिक । यस जिल्लाका लागि मुख्यतः चार जातका गहुँ उपयुक्त हुने देखिएको छ ।
डब्लु के १२००, अन्नपूर्ण ४, गौतम, पासाङ ल्हामु जात उपयुक्त हुने बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताउनुभयो । उहाँले भन्नुभयो – “यो क्षेत्रमा रातो सिन्दुरेरोगको प्रकोप हुने भएकाले यी जातको गहुँको बीउ प्रयोग गर्न सकिए उत्पादन राम्रो हुन्छ ।”
स्थानीय जातमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुन्छ । सिँचाइको सुविधा कम भएका ठाउँमा सुख्खा र खडेरी सहन सक्ने भएकाले यी चार जातहरु उपयुक्त हुने जोशीले बताउनुहुन्छ ।
यी जातका गहुँ कात्तिक अन्तिम सातादेखि मङ्सिर १५ भित्र छरिसक्नु पर्ने हुन्छ । बैतडीमा नौ हजार हेक्टर जमिनमा गहुँ खेती गरिँदै आएको छ । रासस















प्रतिक्रिया