३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा नासाको दसैं तिहार शुभकामना

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dashain Tikaअमेरिका । नेपालीहरूको महान पर्व विजया दशमी तथा शुभ दीपावली २०७२ को उपलक्ष्यमा अमेरिकामा विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

अमेरिकाको दक्षिण–पूर्वी राज्यहरूमा बस्ने नेपालीहरूको साझा संगठन नेप्लिज एशोसियसन इन साउथ इष्ट अमेरिका (नासा)को संयोजन र सम्पूर्ण स्थानीय संघसंस्थाहरूको सहकार्यमा सामुहिक कन्फ्रेन्स कल मार्फत विशेष शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो ।

त्यस क्रममा नासाका अध्यक्ष विमल नेपालले सहभागी सम्पूर्ण महानुभावहरूलाई स्वागत गर्दै असत्य माथि सत्यको जीत भएको यो सांस्कृतिक पर्वमा स्वदेश तथा विदेशमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियो । अध्यक्ष नेपालले कार्यक्रममा सहभागी नर्थ क्यारोलिना, साउथ क्यारोलिना, जर्जिया, फ्लोरिडा, ओरल्यान्डो, अलवामा लगायतका राज्यका विभिन्न स्थानीय नेपाली संघसंस्थाका अध्यक्ष एवं पदाधिकारीलाई राष्ट्रको विकास र प्रवासी नेपालीहरूको हकहितका लागि आगामी दिनमा सहकार्य गर्दै अघि बढ्न आग्रह पनि गर्नुभयो ।

नासाका महासचिव शिव बिष्टले सञ्चालन गर्नुभएको कन्फ्रेन्स कार्यक्रममा नासाका पूर्व अध्यक्ष सौभाग्यलाल श्रेष्ठले सम्पूर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीमा विजया दशमी र दीपावलीको शुभकामना ब्यक्त गर्दै अन्यायकोविरुद्ध विजय हासिल गरेको यो पर्वले सबैलाई सधैं खुसी र उमङ्गका साथ जिउने शक्ति मिलोस् भन्ने कामना गर्नुभयो ।

त्यसैगरी युनाइटेड फ्लोरिडा नेपाल एशोसियशन तथा फ्लोरिडा एशोसियसन अफनेप्लिज सोसाइटी, फ्लोरिडाका अध्यक्ष विकास देवकोटा, नेप्लिज एशोसियशन अफ जर्जिया (नाग) एटलान्टा जर्जियाका अध्यक्ष दामु डंगोल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज फ्लोरिडा च्याप्टरका सभापति मीना शाक्य, नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अध्यक्ष डा. ठाकुर कार्की, ओरलान्डो नेप्लिज कम्युनिटी सेन्टरका कार्यवाहक अध्यक्ष निजानन्द मल्ल, गैह्रआवासीय नेपाली संघ, अमेरिकाका बोर्ड डाइरेक्टर गोविन्द श्रेष्ठ लगायतका बक्ताहरूले स्वदेशमा अति कठिन परिस्थितिका बाबजुत हर्षोल्लास पूर्व दशैं मनाइरहेका सम्पूर्ण नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूमा शुभकामना ब्यक्त गर्दै नेपालमा छिट्टै सहज वातावरण सिर्जना होस् भन्ने कामना पनि गर्नुभएको थियो ।

बैठकमा बोल्ने अधिकांश बक्ताहरूले अहिले राष्ट्रको विषम परिस्थितिलाई औंल्याउँदै देश र नेपाली जनताले छिट्टै सहज ढंगले शान्तिपूर्ण जीवनयापन गर्नसक्ने अवस्थाको कामना गरेका थिए ।

नासाका अन्तरराज्य समन्वय समितिका संयोजक उद्धव कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नासाका कार्यकारी उपाध्यक्ष शैलेन्द्र बज्राचार्य, साउथ क्यारोलिना एशोसियशन अफ नेप्लिजका अध्यक्ष एवंनासाका बोर्ड डाइरेक्टर सतीशचन्द्र गुप्ता, ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) नर्थ क्यारोलिनाका अध्यक्ष नारायण खड्का, नासाका बोर्डडाइरेक्टरहरू नरेन्द्र बराल, गजेन्द्र अर्याल, योगेश्वर कार्की लगायतका महानुभावहरूले पनि स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीदाजुभार्इ तथा दिदीबहिनीहरूमा विजया दशमी तथा शुभदीपावलीको अवसरमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गर्नुभएको थियो ।