रसुवा, १० कात्तिक । भूकम्पपछि रसुवाको उत्तरी नाका रसुवागढीबाट स्वदेश फर्केका केरुङमा होटल व्यवसाय गर्ने नेपाली व्यवसायी आफ्नो व्यवसाय सम्हाल्न केरुङ पुगेका छन् ।
सशस्त्र प्रहरी नायब उपरीक्षक दर्शन गिरीका अनुसार १३ व्यवसायी सोमबार रसुवागढी नाकाबाट केरुङतर्फ गएका थिए । नेपाल–चीन सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दाका लागि अध्यागमन विभागबाट प्रदान गरिएको स्थायी अनुमति पाएका नेपालीले केरुङमा व्यवसाय सञ्चालन गर्न पाउने प्रावधानअनुरुप टिमुरे, गोलजुङ, धुन्चे, स्याफ्रुलगायत क्षेत्रका बासिन्दाले केरुङमा होटल लज सञ्चालन गर्दै आएका छन् ।
भूकम्पपछि आफ्नो घरको अवस्था बुझ्न नेपाल फर्केका नेपालीलाई रसुवागढी नाकाबाट तत्कालीन अवस्थामा केरुङ जान चिनियाँ पक्षले रोक लगाएपछि आफू रोकिनुपरेको र विदेशमा चर्को घरभाडाबिना व्यवसाय तिर्नुपर्दा ठूलो मर्का परेको व्यवसायीले बताए ।















प्रतिक्रिया