२९ आश्विन २०८३, बिहिबार

पेस्तोल र १२ राउण्ड गोली सहित युवक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestol

अनिल खत्री

गुल्मी, १४ असार । गुल्मीमा हतियारसहित एक जना पक्राउ परेका छन् ।

गुल्मीको हस्तीचौर गाविस १ जुकेपानी बस्ने अन्दाजी २८ को मधु भन्ने महेन्द्र जिसी, ३२ एमएम इङल्यान्डमा बनेको पेस्तोल र १२ राउण्ड गोली सहित पक्राउ परेका हुन ।

जीसीसँग हतियार रहेको जानकारी पाएपछि गुल्मी प्रहरीले उनलाई बिशेष निगरानीका आधारमा प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो । महेन्द्र जीसीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीको विशेष टोलीले गएराती बुटवलबाट पक्राउ गरेपनि हतियार भने जिसीले अरु कसैको घरमा लुकाएर राखेको बताएका आधारमा रातीनै गुल्मीको दोहोली ५ किराखोरा भन्ने स्थानमा एक ब्यक्तिको घरबाट बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले अन्य २ जनालाई पनि अनुसन्धानका लागि पक्राउ गरेको छ ।