१ कार्तिक २०८३, शनिबार

नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय अवार्ड (फोटो फिचरसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepali-company (1)

पेरिस, फ्रान्स । विश्वका विभिन्न कम्पनीहरुलाई गुणस्तर नियन्त्रणका आधारमा दिइने यसवर्षको ‘गोल्ड अवार्ड’ नेपालको ग्लोबल क्यापिटल इन्भेष्टमेण्टले जितेको छ ।

तीनदशकदेखि विश्वका विभिन्न कम्पनीहरुलाई गुणस्तर नियन्त्रणका आधारमा प्रत्येक वर्ष दिइने ‘गोल्ड अवार्ड’ यसपटक नेपालको ग्लोबल क्यापिटल इन्भेष्टमेण्टलाई फ्रान्सको पेरिसमा आयोजित एक कार्यक्रममा प्रदान गरिएको हो ।

स्पेनको विजनेश इनिसियटिभ डाइरेक्सनले अन्र्तराष्ट्रियस्तरमा प्रदान गर्दै आएको यस अवार्ड यस पटक नेपालको कम्पनीलाई प्रदान गरेको हो । विगतमा भारतको रिलायन्स, टाटा कम्पनी, टर्किज एयरलाइन्स, युनाइटेड अरब इमिरेट्स, सेन्ट्रल स्टेट बैंक अफ रसिया र रसियन स्पेस एजेन्सीलगायतलाई सो अवार्ड प्रदान गरिसकेको छ ।

सो कार्यक्रममा नेपालबाट गैर आवासीय नेपाली संघका पूर्वअध्यक्ष तथा ग्लोबल क्यापिटल इन्भेष्टमेन्टका अध्यक्ष देवमान हिराचन, कम्पनीका निर्देशक किरण केसी र कम्पनी प्रबन्धक बिष्णु दवाडी पौडेलले भाग लिएका थिए । कम्पनीका अध्यक्ष हिराचनले आगामी पाँच वर्षभित्र नेपाललाई अर्गानिक देश बनाउने अभियानमा कम्पनी लागेको जानकारी दिदैं खाद्य क्षेत्रमा एउटा सक्षम राष्ट्र बनाउने अभियानमा कम्पनी लागेको बताउनु भएको थियो ।

कार्यक्रमको उद्घाटन बिजनेश इनिसियटिभ डाइरेक्सनका अध्यक्ष जोसे ई प्रेटले गरेका थिए । उक्त संस्थाले प्रदान गर्ने सो अवार्डलाई अन्र्तराष्ट्रियस्तरमा प्रतिष्ठित रुपमा हेरिन्छ ।

nepali-company (2) nepali-company (3)