भैरहवा, ९ कात्तिक । छिमेकी मुलुक चीनले नेपाललाई तेल दिन थालेपछि भारतबाट पनि पेट्रोल र ग्यास भित्रिएको छ ।
रुपन्देहीको बेलहिया नाका हुँदै आइतबार इन्धन बोकेका २० वटा गाडी नेपाल भित्रिएका हुन् । तीमध्ये डिजेल र पेट्रोल बोकेका ९ वटा ट्यांकर तथा एलपी ग्यास बोकेका ११ बुलेट रहेका थिए ।
बेलहिया नाकाबाटै आइतबार खाद्यान्न तथा लत्ताकपडा बोकेका एक सय ५९ वटा मालबाहक ट्रक तथा ४० वटा पीकअप गाडी भित्रिएको नेपाल भित्रिएको भैरहवा प्रहरीले जनाएको छ ।
वीरगञ्ज भन्सार ठप्प बनेपछि त्यहाँ अड्किएका ग्यास र पेट्रोलियम पदार्थ बोकेका ट्याङ्करलाई बेलहिया नाका हुँदै नेपाल प्रवेश गराउन थालिएको बताइएको छ ।
















प्रतिक्रिया