३० आश्विन २०८३, शुक्रबार

जनसम्पर्क समिति अमेरिकाबाट आर्थिक सहयोग

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

JANA-samparka-logo

काठमाडौँ । नेपाली जनसम्पर्क समिति, अमेरिकाले विगत लामो समयदेखि दमको रोगबाट पीडित काठमाडौँ रातोपुलका मोहना केसी र नयाँ वानेश्वरका सुरेश श्रेष्ठलाई उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

त्रियासी वर्षीया केसी र ७० वर्षीय श्रेष्ठलाई जनही रू ५० हजार नगद आर्थिक सहयोग गरेको हो । समितिले पठाएको सो रकमलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले आज केसी र श्रेष्ठको निवासमै पुगेर हस्तान्तरण गर्नुभएको थियो ।

केसी र श्रेष्ठ दुबैजना काँग्रेसको स्थापनादेखि चार दशकभन्दा बढी समय नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा सेवा गर्दै आउनुभएको थियो । सांसद गुरुङले दमको रोगबाट पीडित दुबै जनाको उपचारका लागि जनसम्पर्क समिति अमेरिकाले अमेरिकामा रहेका नेपालीलाई आग्रह गरेर सो रकम सङ्कलन गरेको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस पार्टीका लागि दशकौँ खटेका केसी र श्रेष्ठको उपचारमा रकम अभाव हुन नदिन काँग्रेसले अभियान नै सञ्चालन गर्ने उहाँको भनाइ छ । केसी विगत तीन वर्षदेखि अक्सिजनको भरमा बाँचिरहेकी छन् भने श्रेष्ठ दम र कुपोषणको समस्याले ग्रसित छन् । रासस