२४ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको ‘इच्छा पूरा गर्न’ सामूहिक राजीनामा, क–कसले दिए राजीनामा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr. Govindaraj Pokharelकाठमाडौं, ८ कात्तिक । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेलसहित सबै सदस्यले आज (आइतबार) राजीनामा दिएका छन् ।

एमालेको नेतृत्वमा नयाँ सरकार गठन भएपछि अघिल्लो सरकारका पालामा नियुक्त भएका उपाध्यक्ष डा.पोखरेलसहित सबै सदस्यले राजीनामा दिएका हुन् ।

कांग्रेसको पालामा प्रधानमन्त्री सुशील कोइरालाले डा.पोखरेललाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्नुभएको हो । कोइरालाका पालमा नियुक्त सबै सदस्यहरूले राजीनामा प्रधानमन्त्री कार्यालयमा दर्ता गराएका छन् ।

उपाध्यक्ष डा.पोखरेलसहितका सबैले दिएको राजीनामा प्रधानमन्त्री केपी ओली समक्ष पुगिसकेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले आयोगका सबैले राजीनामा दिनुपर्ने आसयको सूचना पठाएपछि आज सबैले सामूहिक रुपमा राजीनामा बुझाएका हुन् ।

डा.पोखरेलले ६ दिन अगाडि नै राजीनामा दिन खोजेपनि प्रधानमन्त्री ओलीले सबैको राजीनामा एकैसाथ आउनु पर्ने आसय व्यक्त गरेपछि लिखित राजीनामा बोकेर बालुवाटार पुगेर पनि फर्किएका थिए । कांग्रेसको कोटामा उपाध्यक्ष डा.पोखरेलसहित यज्ञबहादुर कार्की, भारतेन्दु मिश्र र स्वर्णिम वाग्ले सदस्य चयन भएका थिए ।

एमालेको कोटामा चन्द्रमणि अधिकारी, गोविन्द नेपाल, प्रेमप्रसाद दंगाल र बिमला राई सदस्य भएका थिए । कार्की इटालीबाट आजै (आइतबार) काठमाडौं आउँदै गरेको भए पनि उनले पनि राजीनामा पठाएका छन् ।

योजना आयोगको अध्यक्ष प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री ओलीले छिट्टै एमाले समर्थकलाई नियुक्त गर्ने स्रोतको दाबी छ ।