२९ आश्विन २०८३, बिहिबार

रेलझैँ भयो जनकपुर क्षेत्रको बिजुली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bijuli-233x152

जनकपुरधाम, १४ असार । कुनै बेला जनकपुरको रेल सुरक्षित तवरले गन्तव्यसम्म पुगेमा यात्रीले आफूलाई भाग्यशाली ठानेझैँ जनकपुर क्षेत्रको विद्युत्को अवस्था पनि अहिले सोहीअनुरुप भएको छ ।

यस क्षेत्रमा विद्युत्को अनियमित कटौती, भोल्टेज नहुनु, पाँच मिनेटमा चारचोटी विद्युत् प्रसारण अवरुद्ध हुनुजस्ता जटिल समस्या देखिएको छ ।

प्राधिकरणका प्रमुख रामविनोद यादवले विद्युत् सेवा नियमित गर्नका लागि पटकपटक आन्दोलन गर्नेहरुलाई ढल्केवर प्रसारण केन्द्रमा समस्या उत्पन्न भएको भनेर अवगत गराउँदै आएको पनि दुई महिनाभन्दा धेरै भइसकेको छ ।

कुनैबेला जनकपुरको रेल चालकबिना नै जयनगरबाट जनकपुर आएको तथ्य कसैबाट नलुुके झैँ विद्युत्सम्बन्धी कुनै उच्च सरकारी पदाधिकारीको जनकपुर क्षेत्रमा आगमन भएमा ढल्केवर प्रसारण केन्द्र समस्यामुक्त हुने गरेको पनि देखिएको छ ।

अनियमित विद्युत् कटौतीले छापा, विद्युतीय सञ्चारमाध्यमदेखि औद्योगिक प्रतिष्ठानले अधिक समस्या व्यहोर्नु परिरहेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष श्यामप्रसाद साहले प्राधिकरणलाई विद्युत् नियमित र भोल्टेजसहित प्रसारणबारे पटकपटक ध्यानाकर्षण गराउँदा पनि प्राधिकरणले कुनै चासो नदिएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी, विद्यार्थी र नागरिक समाजका अगुवासमक्ष छलफल भई बिग्रँदो विद्युत् आपूर्तिको सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएकामा सोको कार्यान्वयन नहुनु दुखद भएको पनि उहाँले बताउनुभयो ।

नियमित विद्युत् आपूर्तिको माग गर्दै एक महिनाअघि जनकपुर बजारसमेत बन्द गरिएको थियो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले अनियमित विद्युत्का कारण समाचार सम्प्रेषण, प्रकाशन र प्रसारण कार्य प्रभावित भएको बताउनुभयो ।