२९ आश्विन २०८३, बिहिबार

यी नर्स किन ८५ पटक गर्भवती बनिन् ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

असम । भारतको असममा एक जना स्टप नर्सले आफू गर्भवती भएको झुठ्ठो आरोपमा पटक पटक ठगी गरेर रकम असुलेको अभियोगमा स्थानीय पुलिसले पक्राउ गरी कारबाही गरेको छ ।

असमको सरकारी अस्पतालमा काम गर्दै आएकी लिली बेगम सरकार नाम गरेकी नर्सले ८५ पटक गर्भवती भएको झूठो बयान दिएर सुविधान लिइपछि कारबाही गरिएको समाचारमा उल्लेख छ ।

झूठो बयान र प्रमाणका आधारमा लिलीले ४२ हजार ५ सय रुपियाँ मातृत्व सुविधान वाफत दिइने सरकारी सहयोग लिएको जनाइएको छ ।

पैसाको लोभमा लिलीले गरेको कार्यबाट दिक्क भएको असम सरकारले कारबाही गरेको उल्लेख गरेको छ ।

लिलीले मातृत्वका नाममा दिइएको सुविधा लिनका लागि ८५ पटक गर्भवती भएको प्रमाण अस्पताल प्रशासन समक्ष राखेकी हुन् ।

तर अस्पताललाई शंका लागेर अनुसन्धान गरेपछि लिलीले सरकारी सुविधान लिनका लागि ८५ पटक गर्भवती भएको प्रमाण पेश गरेको समाचारमा उल्लेख छ ।