२९ आश्विन २०८३, बिहिबार

आधा दर्जन युवाको उम्मेदवारी घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pramod Dahal
काठमाडौं, १४ असार । नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनका लागि आधा दर्जन युवा नेताले केन्द्रीय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंमा आजँ आयोजित पत्रकार भेटघाटमा केन्द्रीय प्रचार विभागका सचिव सूर्य थापा, रामेछाप जिल्ला कमिटीका पूर्व अध्यक्ष कैलाश ढुङ्गेल, काभ्रे जिल्ला कमिटीका अध्यक्ष गोकुल बाँस्कोटा, अनेरास्ववियुका पूर्व अध्यक्षद्वय हिक्मत कार्की र खिमलाल भट्टराई, प्रेस चौतारी नेपालका पूर्व महासचिव प्रमोद दाहाललगायतले उम्मेदवारी घोषणा गरेका हुन् ।

रामेछापका नेता ढुङ्गेलले पार्टीमा नेतृत्व हस्तान्तरण र युवाको उचित प्रतिनिधित्व हुनुपर्ने बताए । अखिलका पूर्व अध्यक्ष कार्कीले पार्टीमा न्यायोचित जिम्मेवारी वितरणको आवाज उठाउन केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताए ।

प्रचार विभागका सचिव थापाले जोस र होस भएका दुवै पुस्ताको संयोजन पार्टीका लागि आवश्यक भएको धारणा राखे ।

युवा नेताले व्यक्तिगत रुपमा उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भए पनि वरिष्ठ नेता माधवकुमार नेपाल र नेता केपी शर्मा ओली समूहले आफ्नो सूचीमा समावेश गरेमा मात्रै उनीहरुको विजय निश्चित हुने देखिएको छ ।