१ कार्तिक २०८३, शनिबार

मलेसियाले किन धमाधम नेपाली कामदार पक्राउ गर्न थाल्यो, १४ जना पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jalan-alor-food-street-kuala-lumpurकाठमाडौं, ७ कात्तिक । अबैध रुपमा बसेका गर्दै आएका १४ नेपाली कामदारहरू मलेसियामा पक्राउ परेका छन् ।

मलेका अध्यागमनले १४ नेपालीसहित १ सय ३९ जना गैर कानुनी रुपमा काम गरिरहेका विदेशी कामदारहरूलाई पक्रेको हो ।

पक्राउ पर्नेमा सबैभन्दा धेरै बंगलादेशी १ सय २० जना छन् ।

अध्यागमन विभागले वुकिट रामवी औद्योगिक क्षेत्रमा छापा मारेर गैर कानुनी रुपमा रहेका कामदारलाई पक्रेको मलेसियन सञ्चारमाध्यमहरूले जनाएका छन् ।

बंगालदेशी र नेपालीसहित समातिएका उनीहरूको उमेर २० देखि ४५ वर्षसम्मका रहेको मलेका अध्यागमन विभागका मोहम्मद लामस अथमानले जानकारी दिएका छन् । गैर कानुनी रुपमा कामदार राख्नेलाई समेत प्रहरीले पक्राउ गरेको छ ।