३० आश्विन २०८३, शुक्रबार

अन्ततः चीनले भारतलाई देखाइदियो, नेपाललाई मंगलबारदेखि पेट्रोलियम पदार्थ पठाइदिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

company_cover_CNPC-CAS-Ink-Cooperation-Dealकाठमाडौं, ७ कात्तिक । मधेसी मोर्चाको आन्दोलनलाई साथ दिँदै भारतले नेपालमा लगाएको अघोषित नाकाबन्दीको सामना गर्न नेपाल सरकारले चीनबाट पेट्रोलियम पदार्थ ल्याउने भएको छ ।

भारतले झण्डै एक महिनादेखि अघोषित नाकाबन्दी लगाएपछि नेपाल सरकारले छिमेकी राष्ट्र चीनबाट पेट्रोलियम पदार्थ ल्याउने तयारी गरेको हो ।

नेपालको आग्रहमा चीनले तत्कालका लागि एक हजार टन पेट्रोलियम पदार्थ सहयोग स्वरुप दिन लागेको चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।

‘चीनले मंगलबारदेखि पेट्रोलियम पदार्थका सवारी साधन पठाउन सुरु गर्नेछ’, राजदूत मास्केले भन्नुभयो, ‘चीनसँग अब व्यावसायिक रुपमा वार्ता गरेर पेट्रोलिय पदार्थ आयात गर्नुपर्छ ।’

पेट्रोलियप पदार्थ ल्याउन र वार्ता गर्न नेपाली उच्च अधिकारीहरूको टोली आइतबार चीन जाँदैछ ।

नेपाल आयल निगम र चीनको सरकारी स्वामित्वको चाइना नेशनल पेट्रोलियम कर्पोरेसनबीच सम्झौता पनि हुने भएकोछ । सम्झौताका लागि वाणिज्य मन्त्रालयका सहसचिव शम्भु कोइरालासहितको सरकारी टोली वेइजिङ जाँदैछ ।

नेपालले सम्झौतापत्रको ड्राफ्ट समेत तयार गरिसकेको छ । वाणिज्य मन्त्रालय र आयल निगमले तयार पारेको ड्राफ्ट परराष्ट्र मन्त्रालयमा बुझाइसकिएको छ ।

सम्झौंता भएपछि केरुङ नाकाबाट एक हजार टन तेल अनुदानमा चीनले दिने सहमति भइसकेको राजदूत मास्केले बताउनुभयो । सम्झौतापछि चीनबाट पेट्रोलियम पदार्थ र ग्यास ल्याउन बाटो खुल्नेछ ।

सम्झौतापछि आयल निगम वा निजी कम्पनीले पेट्रोलियम पदार्थ ल्याउन सक्नेछन् । अहिले दुई देशबीच सम्झौता नहुँदा पेट्रोलियम पदार्थ ल्याउन सकिएको छैन ।

चीनबाट तेल ल्याएमा भारतको राजनीतिक दबाबलाई झेल्नुपर्ने अवस्था नरहने भएकोले यो विकल्पलाई स्थायी रुपमा अघि बढाउन निगमका अधिकारीले सरकारलाई सुझाव दिँदै आएका छन् ।

चीनबाट तेल ल्याउँदा केही महँगो पर्ने भएपनि विकल्प खोल्दा भारतको दबाब खेप्नुनपर्ने उनीहरूको निश्कर्ष छ ।

Employees spray water to cool down oil tanks at a storage facility, which belongs to one of China's biggest state-owned firms PetroChina oil, in Suijing, Sichuan Province, in this August 13, 2010 file photo. From Africa to Australia, Chinese refiners are exploring new markets to ship surplus oil products such as jet fuel and diesel, putting them on track to compete with global trading houses and refining centers such as Singapore.   REUTERS/Stringer/Files (CHINA - Tags: ENERGY BUSINESS COMMODITIES) CHINA OUT. NO COMMERCIAL OR EDITORIAL SALES IN CHINA