२९ आश्विन २०८३, बिहिबार

जहाँ विवाह गरेपछि चुनाव जित्न सजिलो हुन्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

marriageसीतापुर । भारतको उत्तरप्रदेश राज्यमा आरक्षणमा चुनाव जित्नका लागि एक युवकले अनुसूचित दलित युवतीसँग विवाह गरेको खुलासा भएको छ ।

पञ्चायत चुनावका बेला सीतापुर जिल्ला निवासी अविवाहित युवकले अनुसूचित जातिकी महिलालाई सीट आरक्षित रहेको थाहा पाएपछि फटाफट युवती खोजेर विवाह गरेको समाचारमा जनाइएको छ ।

महिलाको आरक्षित सीट पाउनका लागि ती युवकले तीन दिनभित्र विहे गरेर विवाह दर्ताको प्रमाणपत्र लिएका हुन् ।

आनन–फानन आर्य समाजमा युवकले यवतीसँग विवाह गरेका थिए । त्यसपछि उनले पत्नीको नाम उम्मेदवारीमा दर्ता गराइ दिए ।

सीतापुर जिल्लाको पिसावाँ ब्लाकको जिल्ला पञ्चायतको वार्ड नम्बर ३६ बाट पाताबोझ निवासी राधेश्याम कनौजियाले यसअघि नै आरक्षणमा अनुसूचित जातिको सीटमा चुनाव लडने निर्णय गरिसकेका थिए ।