२९ आश्विन २०८३, बिहिबार

क्यानाडा भन्दै कम्बोडिया पुर्‍याइए नेपाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cambodiaकाठमाडौं, १४ असार । क्यानाडा लैजाने भन्दै कम्बोडिया बोलाएर बन्धक बनाई ५४ नेपालीबाट जबर्जस्ती रकम असुलिँदै गरेको पाइएको छ ।

क्यानाडा पुगेपछि मात्र पैसा दिनुपर्ने सर्तमा थाइल्यान्ड हुँदै कम्बोडिया बोलाइएकाहरूलाई त्यहाँ रहेका नेपालीले पैसा लिने गरेको प्रहरीले जनाएको छ । तिनीहरूबाट प्रतिव्यक्ति १५ लाख रुपैयाँसम्म उठाउने गरिएको छ ।

त्यति गरेपछि भियतनाम र लाओसका सिमानामा पुर्‍याएर अलपत्र पार्ने गरेका छन् । प्रहरी प्रवक्ता गणेश केसीले नेपालीहरू बिचल्लीमा रहेको खबरपछि इन्टरपोलमार्फत कम्बोडियाको प्रहरीलाई पत्राचार गरिएको जानकारी दिए । ‘कुनै पनि मुलुकमा जान निश्चित प्रक्रिया पूरा गरेपछि मात्र पाइन्छ,’ उनले भने, ‘नेपालबाट नभई दोस्रो वा तेस्रो मुलुक लगेर कसैले भिसा दिन्छु भन्छ भने त्यो ठगी हो ।’

कम्बोडिया पुगेर क्यानाडा नपठाउने सुइँको पाएपछि उम्किएर आएका नेपालीले त्यो गिरोहलाई पक्राउ गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए । परराष्ट्रले थाइल्यान्डको बैंककमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै त्यहीं रहेको कम्बोडियन दूतावाससँग सहकार्य गर्न निर्देशन दिएको थियो ।

प्रहरीलाई प्राप्त सूचनाअनुसार यो क्रम ७ महिनादेखि चलिरहेको छ । त्यसका लागि ुहाम्रो बजार डट कमु मा क्यानाडा जाने अवसर भन्दै विज्ञापन छापिएको थियो । त्यहीमार्फत उनीहरू सम्पर्कमा आएका थिए । प्रहरीका अनुसार एक महिनायता थप २२ नेपालीलाई कम्बोडियादेखि क्यानाडा लैजाने भन्दै उडाउने प्रयास भइरहेको छ ।

प्रहरीको सम्पर्कमा आएका सिद्धार्थ महत र रत्नाकान्छी गुरुङ दुई जनाले हाम्रो बजार डट कम हेरेर सुबोध घिमिरेसँग सम्पर्क गरेका थिए । सुबोधले नेपालबाट भन्दा सिंगापुरबाट क्यानाडाको भिसा पाउन सहज हुने भन्दै उनीहरूलाई त्यहाँ डाकेका थिए । सिंगापुरमा २र३ दिन बसेपछि क्यानाडा उडिने बताएका थिए ।

महतका अनुसार त्यहाँ पुगेपछि आफूलाई विभिन्न नामले चिनाउने सुवास कार्कीले उनीहरूबाट ३ हजार ६ सय अमेरिकी डलर लगे । एक साताजति बसेपछि कार्कीले सिंगापुरबाट क्यानाडाको ुबिजनेस भिसाु लगाउन गाह्रो भएको भन्दै कम्बोडिया पुर्‍याए । राजधानी न्होम्पेन्हबाट १ सय ५० किलोमिटर टाढा पुर्‍याएर राखे । अनि, नेपालबाट १६र१७ लाख रुपैयाँ नमगाए काम नहुने भन्दै धम्क्याउन थाले । कान्तिपुर दैनिकबाट