१ कार्तिक २०८३, शनिबार

बैतडीको तल्लो स्वोराडमा चामल पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chamalबैतडी, ४ कात्तिक । बैतडीको दुर्गम क्षेत्र तल्लो स्वोराडमा खाद्य संस्थानको चामल पुगेको छ ।

दसैँका बेला चामलको अभाव नहोस् भनेर खाद्य संस्थानको क्षेत्रीय कार्यालय धनगढीबाट ६० क्विन्टल चामल कुलाउ डिपोमा पठाएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “दसैँका बेला सर्वसाधारणका सहज होस भनेर चामल पठाएको हो ।”
कुलाउमा चामल पुगेपछि तल्लोस्वोराडको मेलौली, कुलाउ, उदयदेव, शर्मालीलगायतका गाविसका सर्वसाधारण नागरिक लाभान्वित भएका छन् ।

दसैँको चहलपहलसँगै खाद्य संस्थानको चामल आइपुगेपछि स्थानीय बासिन्दा खुशी भएका छन् । “खाद्य संस्थानको चामल बजारको मूल्यभन्दा कम मूल्यमा पाइने भएकाले खुसीछौँ”, स्थानीय वीरेन्द्र महताले भन्नुभयो, “यसपाली दसैँ राम्रैसँग मनाउन पाइने भो ।”

तल्लोस्वोराड क्षेत्रमा खाद्यान्नको अभाव हुनसक्ने भन्दै यसअघि जिल्ला प्रशासनले खाद्य संस्थानमा खाद्यान्न ढुवानीका लागि पत्र पठाएको थियो ।

खाद्य संस्थानका अनुसार कुलाउमा अहिले रु ३७ प्रति केजी र मेलौलीमा रु ३३ प्रति केजीका हिसाबले खाद्यान्नको चामल बिक्री भइरहेको छ । तल्लोस्वोराड क्षेत्रमा प्रत्येक वर्ष खाद्य संस्थानले खाद्यान्नको अभाव हुनसक्ने भन्दै चामललगायतका खाद्यान्न ढुवानी गर्दै आइरहेको छ । रासस