१ कार्तिक २०८३, शनिबार

यसरी फन्दामा परे छब्बीस लाखसहित मनिचेञ्जरका संचालकहरू

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

To match Insight MYANMAR-BANKS/काठमाडौं, ४ कात्तिक । अबैध रुपमा पैसाको कारोबार गरी सर्वसाधारण ठगी गर्ने तीन जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ ।

काठमाडौं महानगरपालिका–९ गौशाला चोकस्थित गौशाला मनीचेञ्जरका सञ्चालक बत्तीसपुतली बस्ने झापा काधनडुम्वा–४ का ४२ वर्षीय मदन कटुवाल र कर्मचारी झापा सनीमती–२ का २५ वर्षीय नरबहादुर कडरिया तथा अनुमनी मनी ट्रान्सफरका सञ्चालक राजकुमार के.सी.लाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मनीचेञ्जरमा शंकास्पदरुपमा कारोवार भइरहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले मनिचेञ्जरबाट १ थान कम्प्युटर, फायल रजिष्टर सामानहरू, नगद १४ लाख ५९ हजार १ सय ६० रुपियाँ, अमेरिकी डलर १ सय २० बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यसै गरी प्रहरीले राजकुमारको साथबाट नगद १० लाख २३ हजार र मलेसियन रिङ्गरेट २ सय बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई थप अनुसन्धानको लागि प्रहरी बृत्त गौशालाले महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ ।