११ कार्तिक २०८३, बुधबार

मन्त्रीहरूलाई ‘साइज’मा राख्न एमाओवादीद्वारा समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maoist-Meetingकाठमाडौं, २ कात्तिक । एकीकृत नेकपा (माओवादी)ले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूको काम कारबाहीको अनुगमन गर्न सरकार सञ्चालन समन्वय समिति गठन गरेको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको हो ।

सो समितिमा महासचिव कृष्णबहादुर महरा, सचिव टोपबहादुर रायमाझी, सचिवद्वय वर्षमान पुन र गिरिराजमणि पोखरेल, कोषाध्यक्ष हरिबोल गजुरेल र स्थायी समिति सदस्य जनार्दन शर्मा हुनुहुन्छ ।

पार्टी र सरकारबीच समन्वय नहुँदा निर्णयको प्रभावकारिता नरहने र निर्णयको स्वामित्वसमेत नरहने भएकाले सो समिति गठन गरिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

सरकारमा बसेर जनताको पक्षमा अधिकभन्दा अधिक काम होओस् भन्ने ध्येयका साथ समिति गठन गरिएको र समितिले सरकारलाई आवश्यक परामर्श तथा निर्णयमा पारदर्शीतालाई विशेष ध्यान दिइने प्रवक्ता शर्माको भनाइ छ ।

‘‘पार्टीलाई जानकारी नदिई आफूखुसी निर्णय गर्ने प्रवृत्तिलाई अन्त्य गर्नका लागि समिति गठन गरिएको हो’, बैठकपछि प्रवक्ता शर्माले भन्नुभयो ।

यस्तै बैठकले यही कात्तिक १२ गते प्रदेश नं २ को कार्यकर्ता भेला बर्दिबास र १३ गते प्रदेश नं ५ को कार्यकर्ता भेला कोहलपुरमा गर्ने निर्णयसमेत गरेको छ ।