‘लामो समयको अनिश्चितता र कठिन संक्रमणकालीन अवस्थापछि, राष्ट्रको मुल कानुनबाट मुलुकमा शान्ति, प्रजातन्त्र, स्थायित्व र आर्थिक समृद्धिसँगै आपसी सद्भाव स्थापित हुनेछ भन्ने चाहना र धैर्य नेपालीहरूले राख्दै आएका हुन्’, उहाँले सन्देशमा भन्नुभएको छ, ‘जनताद्वारा जनताका निम्ति बन्नु बनाईनुपर्ने विधि व्यवस्था आमजनताबाटै अनुमोदित हुनुपर्ने हुन्छ ।’ पूर्वराजा शाहले अगाडि भन्नुभएको छ, ‘मैले जाने बुझेसम्म राष्ट्रको मुल कानुनमा राष्ट्रका सबै वर्ण, सबै वर्ग, सबै समुदाय र सबै भू–क्षेत्र तथा अधिकत र जनताले अङ्गिकार गरेको प्रचलित परिपाटी एवं सनातनी संस्कृति र गतिविधिलाई नसमेटिँदा स्वभावत त्यसले विग्रह, विवाद र विरोध उत्पन्न गर्दछ । विधि निर्माण र व्यवस्थापनको महत्वपूर्ण घडीमा देशका जिम्मेवार सुरक्षा पात्र र होनहार नागरिकहरूको जिउ ज्यान नै जोखिममा पर्नु अझ गम्भीर चिन्ताको विषय हो ।’















प्रतिक्रिया